
चर्चित टेलिफिल्म अनुपम श्याम अस्पतालमा मृत्युसँग लडिरेहेका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई भारतको लोखन्डेवालाको सुबुर्बन अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालमा उपचार गराउने पैसा नभएपछि उनका भाई अनुरागले सहयोगको लागि अपिल गरेका थिए । उनले भनेका छन्, “मेरो दाईले कमाए जति पैसा सबै आफ्नो उपचारमा सके, सोमबार रातीबाट नै मैले उहाँलाई अस्पतालमा भर्ना गराएको छु । मैले १० दिन अगाडी साथीहरु सँग ऋण खोजेर उहाँको डाइलासिस त गराए, तर अब म सँग पनि पैसा छैन । डाक्टरले मृगौंला नै फेर्नुपर्ने सुझाब दिएका छन् ।”
Actor Anupam Shyam is in the ICU. Requested help on a whatsapp group @aamir_khan @SonuSood pic.twitter.com/pnR0JvpZ7G
— S Ramachandran (@indiarama) July 28, 2020
उनको साथीले सोनु सुड र आमिर खानलाई मेन्सन गरेर उनलाई सहयोग गर्न आग्रह गरेका थिए । सोनुले उनलाई सहयोग गर्ने बचन दिइसके भने आमिर केहि बोलेका छैन्न ।
उनी ४० वर्षको उमेर देखि नै सुगरका बिरामी हुन् । उनको मुटुमा पनि समस्या छ । अहिले त उनको मृगौलामा पनि समस्या आएको छ । उनका भाइले भने ।
अनुपमले सत्य, प्यार तो होना हि था, कच्चे धागे , नायक, द रियल हिरोलगायतको फिल्ममा अभिनय गरिसकेका छन् ।
र यो पनि पढ्नुहोस
महिलाले खेत जोतिरहेको देखेपछि सोनुले दिए ट्र्याक्टर उपहार
बलिउडमा चर्कियो बिवाद : शत्रुधन पछि सोनु निगमले दिए कडा अभिव्यक्त्ति