
भारतस्थित पुणेको ससून जनरल अस्पतालले एक महिलाको गर्भमा रहेको बच्चामा कोरोना भाइरस पुगेको दावी गरेको समाचारमा जनाइएकाे छ ।
पुणेको बीजे मेडिकल कलेज अन्तर्गतको उक्त ससून अस्पतालमा भर्ती भएकी एक गर्भवती महिलालाई डेलिभरी हुनु एक महिना अगाडि रुघा लागेको थियो ।
डेलिभरीपछि जन्मिएकी उक्त बच्चीमा कोरोना भाइरस संक्रमण रहेको पाइएको हो । मेडिकल टर्ममा यसलाई भर्टिकल ट्रान्समिसन भनिन्छ ।
उपचारपछि अहिले दुवै आमा–छोरी स्वस्थ्य रहेका छन् । अस्पतालका अनुसार बच्चालाई प्लेसेन्टाको माध्यमबाट संक्रमण भएको थियो ।
भारतमा भर्टिकल ट्रान्समिसनको पहिलो घटना हो । यदि आमा संक्रमित भए कोरोनाको भाइरस गर्भनालबाट प्लेसेन्टामा पुग्ने गर्छ ।