
मुम्बई (एजेन्सी) । बलिउडमा अभिनेत्रीको उचाईले महत्वपूर्ण काम गर्छ । अभिनेत्रीको रुप, शरीर, चालढालसँगै उसको उचाईले पनि फिल्मी अभिनयमा सहयोग गर्छ । पर्दामा जोकोही पनि राम्रो देखिन चाहन्छन् । त्यस्तो अवस्थामा राम्रो उचाईले कलाकारको व्यक्तित्वमा महत्वपूर्ण प्रभाव पार्दछ । बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरु छन्, जसको उचाई निकै राम्रो छ । केही अभिनेत्रीहरु त अभिनेता भन्दा पनि अग्ला छन् । जुन कुरा दर्शकले फिल्म हेर्दा नोटिस गरिसकेका छन् ।
पूर्व मिस युनिभर्स सुष्मिता सेन हालका दिनमा आफ्नो प्रेमजीवनका कारण चर्चामा छिन् । उनी चाँडै नै आफ्नो प्रेमीसँग विवाह गर्दैछिन् । हालैमात्र सुस्मिता एक वेब सिरिजमा देखिएकी थिइन् । उनले आफ्नो करियरमा गोविन्दादेखि लिएर सलमान खान तथा आमिर खानसम्मका अभिनेतासँग काम गरिसकेकी छन् । उनको उचाई करिब ५ फूट ७ इन्च छ ।
अभिनेत्री कटरीना कैफ पनि बलिउडकी अग्ली अभिनेत्रीमा पर्दछिन् । उनी चाँडै नै अभिनेता अक्षयकुमारका साथ फिल्म ‘सूर्यवंशी’मा देखिँदैछिन् । उनको उचाई ५ फिट ६ इन्च छ । अर्की अभिनेत्री अनुष्का शर्मा हालका दिनमा फिल्मबाट टाढिएकी छन् ।
उनको ध्यान अहिले आफ्नो प्रोडक्सन हाउसमा नै छ । उनले शाहरुख खानको फिल्म ‘रब ने बना दी जोडी’बाट बलिउडमा पाइला चालेकी हुन् । उनको उचाई ५ फिट ९ इन्च छ ।
बलिउडको लोकप्रिय अभिनेत्रीमा दीपिका पादुकोण नछुट्ने नाम हो । पछिल्लो पटक उनी फिल्म ‘छपाक’मा देखिएकी थिइन् । उनको उचाई ५ फिट ९ इन्च छ ।
अभिनेत्री विपाशा बसु बलिउडमा आफ्नो फिटनेसका लागि प्रख्यात छिन् । बंगाली मूलकी यी अभिनेत्रीको उचाई अन्यको भन्दा कम छैन । उनको उचाई ५ फिट ७ इन्च छ ।
दुई सन्तानको आमा बने पनि अभिनेत्री शिल्पा सेठ्ठी फिटनेसको मामलामा नयाँ उमेरकी अभिनेत्रीलाई मात दिन्छिन् । उनी जहिल्यै पनि फिटनेसमा ध्यान दिन्छिन् । उनको उचाई ५ फिट ६ इन्च छ ।
पूर्व मिस वल्र्ड तथा अभिनेत्री प्रियंका चोपडाको उचाई ५ फिट ५ इन्च छ । उनलाई हिल लगाउने ठूलो शोख छ । फिल्म ‘सावरिया’बाट फिल्मी करियर शुरुवात गरेकी अभिनेत्री सोनम कपूरले फिल्ममा धेरै कमाल देखाउन सकेकी छैनन् ।
उनले आनन्द आहुजासँग विवाह गरिन् । आफ्नो बोलीका कारण विवाद र चर्चामा आउने सोनमको उचाई ५ फिट नौ इन्च छ ।
अभिनेत्री कृति सेननले आफ्नो करियरको शुरुवात तेलुगू फिल्मबाट गरिन् । उनले बलिउडमा उनले फिल्म ‘हीरोपन्थी’बाट शुरु गरेकी हुन् । उनको उचाई ५ फिट १० इन्च छ ।