
केटीएम दैनिक डटकमले स्वास्थ्य क्षेत्रकाे बिकृतिहरु एक एक गरेर उजागर गर्न थाले पछि देशै भरिबाट केटीएम दैनिकलाई स्वास्थ्य क्षेत्र अझ भन्दा अस्पतालहरुमा हुने गरेका बिकृतिहरुको सुचनाहरु आउने क्रम बढ्न थालेका छन।
खासगरी रुपन्देहीको क्रीमसन अस्पतालबाट शुरु गरिएको बिकृती हटाउने हाम्रो यात्रा ग्वार्काेकाे बि एण्ड बी अस्पताल हुदै बल्खुकाे बयाेधा अस्पताल सम्म पुग्दा हामीले उजागर गरेका अस्पतालहरुका बिकृतिहरु सहि सावित भएका छन। केही अस्पतालहरुले आफुले नियतवश गरेका कमजोरीहरु स्विकार्दै अब गल्ती नदाेहाेर्याउने बाचा पनि गरि सकेका छन भने कति सुधार गर्न तयार छन भने कतिपय अस्पतालहरु अझै पनि अटेर गरेर बसिरहेका छन।
हामीले अस्पतालमा हुने बिकृती हरुलाई उजागर गर्नु हाम्रो कर्तव्य ठानेका छौ।त्यसै सिलसिलामा याेपालि हामीले बुटवलमा रहेका विभिन्न अस्पतालहरुकाे स्थल गत रिपोर्टिङ गरि हामीलाई प्राप्त ३/४ ओटा अस्पतालका बिकृतिहरु सङ्कलन गरि ती मध्यबाट बुटवलमा रहेको लुम्बिनी सिटी अस्पतालमा हुने बिकृतीकाे बारेमा चिरफार र पर्दाफास गर्ने जमर्को गरेका छौ।
लुम्बिनी सीटी अस्पताल बुटवलको अस्पताल राेडबाट पुर्वपटी अलि भित्रकाे भागमा रहेको छ।त्यतिबेला याे अस्पतालकाे सम्पुर्ण ब्यबस्थापन पाल्पामा रहेकाे लुम्बिनी मेडिकल कलेजकाे थियोे । जतिबेला सम्म मेडिकल कलेजकाे स्वामित्वमा अस्पताल चलेको थियो त्यतिबेलासम्म याे अस्पताल हरेक हिसाबले राम्रो थियो ।
बुटवलका आम नागरिक पनि अस्पतालले दिने सेवा सुबिधाबाट खुसी देखिन्थे ।तर जब लुम्बिनी मेडिकल कलेजले सिटी अस्पताल छाड्यो अनि उक्त अस्पताल नाफाखाेर र दलालकाे हातमा पुग्यो । बुटवल अहिले मेडिकल हव बन्ने प्रयासमा छ। बुटवलमा जतिजति स्वास्थ्य सुबिधाहरु थपिदै छन त्यति त्यति बिकृतीहरु पनि थपिदै गएको कुरा यहाँका नागरिकहरु बताउँछन् ।

अस्वस्थ प्रतिस्पर्धाले गर्दा बुटवलमा बिरामी र एम्बुलेन्स ड्राइभर किनबेच हुने गरेको तथ्य हामिले स्थलगत अनुसन्धानमा पत्ता लागेको छ। बुटवल स्थित लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदिप राजसिह र त्यही अस्पतालमा फार्मेसी र बुटवलमा एभरेस्ट सर्जिकल र मेडिसिनकाे हाेलसेल सञ्चालन गर्ने बसन्त जिसी बिरामी र एम्बुलेन्स ड्राइभर किनबेचमा लागेका हुन।
उनी हरुले नेपाल रेडक्रसको एम्बुलेन्स चालक कृष्ण सहनीलाई सिटी अस्पतालबाट महिनाकाे रु ४५ हजार तलब पाउने गरि मौखिक सहमति गरेर बिरामी ल्याउने ठेक्का दिएकाे कुरामा त्यसै अस्पतालमा कार्यरत एकजना कर्मचारी बताउँछिन् ।
यसै गरि उक्त अस्पतालले अर्का एम्बुलेन्स चालक प्युठानका सुशील केसीलाई महिनाकाे रु २० हजारमा बिरामी ल्याउने ठेक्का दिएका छन। केसी केहि समय पहिला सम्म प्युठान जिल्ला अस्पताल काे एम्बुलेन्स चलाउथे भने हाल नेपाल भारत सहयोग सघं लेखेको एम्बुलेन्स चलाउँछन।

यति मात्रै हाेइन तलब बाहेक यी चालकहरुले डाक्टर सुदिपराज सिहबाट प्रत्येक अप्रेसनबाट कुल उठेको रकमको १५ प्रतिशत कमिसन र फार्मेसीबाट कुल बिल रकमको पाच प्रतिशात कमिसन लिने गरेका छन। अन्य एम्बुलेन्स चालकहरुकाे राेजाइकाे अस्पताल भनेको पनि लुम्बिनी सिटी अस्पताल नै हो।
लुम्बिनी सिटी अस्पतालमा कार्यरत एक डाक्टरका अनुसार एम्बुलेन्स चालकहरू बिरामीलाई एम्बुलेन्समा राखेपछि सर्वप्रथम सिटि अस्पतालका डाक्टर सुदिपराज सिहलाई साेझै फाेन गरेर बार्गेनिङ गर्छन् ।डाक्टर सग कमिसनको कुरा मिलेपछि फार्मेसीका बसन्त जिसीसग कुरा मिलाउछन र सिटी अस्पतालमा ल्याएर बिरामी बेच्छन ।
अस्पताल प्रसाशन , डाक्टर सुदिपराज सिह र फार्मेसी सञ्चालक बसन्त जिसीकाे बिरामी किनबेचकाे अबस्था हेर्दा अाफु याे पेशामा लागेर गल्ती महशुस भएको छ, उनकाे कथन छ ।लुम्बिनी सिटी अस्पतालमा बिरामी किन्ने मात्रै हाेइन बेच्ने गरिएको पनि त्यहाँ कार्यरत एक स्टाफ नर्स बताउँछिन् ।
आफ्नाे नाम नछाप्ने सर्तमा उनी भन्छिन सिटी अस्पतालमा उपचार नै हुन नसक्ने बिरामी पनि पहिला सेटिङमा याहा ल्याइन्छ ।भएको पैसा यहि सकाइन्छ अनि बुटवलमै उपचार गर्ने राम्रो ठाउँ हुदाहुदै पनि कमिसन पाउने शर्तमा बिरामी भरतपुर रिफर गरिन्छ र महिना काे एक पटक भरतपुर गएर कमिसन लिने काम गरिन्छ।याे सबै व्यवस्था डाक्टर सिहकाे निर्देशनमा फार्मेसी सञ्चालक बसन्तले गर्ने गर्दछन , उनले भनिन् ।
एम्बुलेन्स चालक : सुशील केसीहामिले डाक्टर सुदिपराज सिह सग उनकाे माेबाइलमा सम्पर्क गरि याे बिषयमा कुरा गर्न बारम्बार फाेन गर्दा उनी सम्पर्कमा आउन चाहेनन। काे हुन डाक्टर सुदिपराज सिह? डाक्टर सुदिवराज सिह बुटवलको सिटी अस्पतालमा कार्यरत न्युराे सर्जन हुन।
उनले बङ्गलादेकाे बङ्गबन्दु बिश्वबिद्धालयबाट न्युराे सर्जरीमा मास्टर्स गरेको बताइन्छ ।बङ्गलादेशबाट फर्केपछि लामाे समय सम्म काम नपाए पछि धेरै नेताको चाकरी गर्दै झापाका दुर्गा प्रसाईंले सञ्चालन गरेकाे प्रस्तावित बिएमसी मेडिकल कलेजमा काम गर्न पुगेका थिए तर न्युराे सर्जरी जस्तो जटिल सर्जरी सफलता पुर्वक गर्न नसक्ने र कार्यक्षमता नभएको र प्रयाप्त सीप नभएको थाहा पाए पछि चार बर्ष अघि त्याहाकाे व्यवस्थापनले सिहलाई निकाली दिएको थियो ।
पढाइ सकेपछि सिनियर प्रोफेसर सँग लामाे समय सगै काम गर्नु पर्ने भए पनि सिहकाे बानी ब्यहाेराले गर्दा कुनै पनि सिनियर न्युराे सर्जनले उनलाई टिममा राखेर काम गर्न नखाेजे पछि उनी बुटवल पुगेका हुन। अस्पताल प्रशासनमा काम गर्ने एक जना कर्मचारीका अनुसार अस्पताल प्रशासनले डाक्टर सिहलाई बारबार यस्ता गतिविधि नगर्न चेतावनी दिदा पनि अटेर गर्दै आएकोले अब पनि नसुधि्रएको खण्डमा कार्वाही गर्ने साेचमा प्रशासन रहेको बताए ।
काे हुन बसन्त जिसी ?
फार्मेसीमै कार्यरत एक कर्मचारीका अनुसार बसन्त जिसीको स्थाई घर प्युठान हाे। चारपाँच बर्ष अघि सम्म उनलाई जीवन धान्नै कठिन थियो ।हाल उनी बुटवलमा करोडपतिको हिसाबमा गनिन्छन।
उनी रातारात कसरी करोडौं पति बने भनेर पनि हामीले पत्ता लगाउने काेसिस गरेका छौ।बसन्त जिसिकाे लुम्बिनी सिटी अस्पतालमा फार्मेसी छ। अस्पतालमा आफ्नाे फार्मेसी भएका कारण उनले आफुलाई थाेक मुल्यमा सामान नदिए सामान नबेच्ने भन्दै ब्यबसाहिहरुलाई धम्कयाउछन।उनको धम्की पछि ब्यबसायीहरु हच्किएर करिव तीन बर्ष अघि हाेलसेल फर्म खाेले।उनले आफ्नाे रिटेल काउन्टरमा आफ्नै हाेलसेलबाट मनाेमानी मुल्यमा सामान पठाउन थाले ।

बसन्तले यति सम्म गरेकी आफ्नु खुद्रा काउन्टरबाट बिरामीलाई सामान नै नदिई बिल मात्रै दिन थाले। ओटी र आइसियुमा रहेका बिरामीको लागि फार्मेसीले नै दवाई लगिदिने बहानामा उनी दवाई हाेइन कि बिल मात्रै लगिदिन्थे।यसमा सहयाेग गर्दथे डाक्टर सुदिपराज सिह।
टेण्डरकाे समान खुद्रामा बिक्री । हाम्रा बुटवल प्रतिनिधिले फेलापारेकाे तथ्य र बुटवलमा सर्जिकल र मेडिसिन ब्यबसायीहरुका अनुसार बसन्त जिसिले सञ्चालन गरेकाे फर्मले पाल्पा ,अर्घाखाँची ,प्युठान लगायत अधिकांश ठाउँका अस्पतालहरुमा सर्जिकल र मेडिसिनकाे टेण्डर हाल्दछ।
कम्पनीको इज्जत बचाउन टेण्डरकाे लागि कम्पनीहरुले बजार मुल्य भन्दा पनि ६०% भन्दा कम मूल्य टेण्डरकाे लागि रेट दिएका हुन्छन। बसन्तले टेण्डरकाे बाहानामा उक्त सामानहरु टेण्डरकाे लागि चाहिने भन्दा बिसौ गुणा बढी सामाग्री कम्पनीबाट मगाई आफ्नो हाेलसेल र खुद्रा काउण्टरबाट बेच्ने गरेका छन।
कानुनत याे बर्जित हुन्छ। स्थानीय ब्यबसायी र उत्पादक कम्पनीले यसाे नगर्न बारबार अनुरोध गर्दा उल्टै नराम्रो परिणाम बेहाेर्नु पर्ला भनेर धम्क्याउने गर्दछन।साथै उनले डाक्टर सिह र अस्पताल काे प्रत्येक अपरेसन चार्जबाट राम्रो रकम लिने गरेका छन।यति मात्रै नभएर उनले आफ्नो हाेलसेल र खुद्रा काउन्टरमा मगाएका सामानहरुकाे पैसा पनि बर्सौ देखि दिएका छैनन् ।