
नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज जाने निश्चित भएको छ ।
अन्तर्राष्ट्रिय हवाई उदान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो । तर नेपाल सरकारले सहजीकरण गरेपछि अब उनी त्यहाँ जाने निश्चित भएको हो ।
सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीले ट्विटबाट त्यसको पुष्टि गरेका छन् । उनले सन्दीप जुलाई ३० मा त्यसतर्फ जाने बताएका छन् र यसका लागि चार्टर गरिएको कोरियाली विमान प्रयोग गर्नेछन् । शिवाकोटीका अनुसार अगस्ट १ सम्ममा उनी क्यारेबियन पुगिसक्ने छन् ।
उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्। सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।
सिपिएलमा कुल ३३ खेल हुने छन्। करोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्। सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो।
उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटककाे सिपिएल सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले। साे छ खेलमा उनले आठ विकेट लिएका थिए।
सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए। यस वर्षको सिपिएलका लागि सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ।
जानुअघि कोरोना परिक्षण
सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो जानुअघि सन्दीपले कोरोनाको परीक्षण गराएका छन् ।
सन्दीपले मंगलबार सानेपास्थित स्टार हस्पिटलमा स्वाब दिएका छन्। परीक्षणको नतिजा बुधबार (आज) सम्म आइपुग्ने छ। सिपिएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण पेश गर्नुपर्ने भएकाले सन्दीपले परिक्षण गराएका हुन्।