
बुधबार सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।
मंगलबार ९८ हजार ३ सय रुपैंयामा रहेको सुनको मुल्य बुधबार तोलामा ३ सय रुपैयाँले बढेर ९८ हजार ५ सयमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ ।
आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
लकडाउन खुलेपछि निरन्तर सुनको भाउ उकालो लागिरहेको छ । सुनको भाउ उकालो लागेतापनि बजारमा सुन किन्ने मान्छेहरु भने छैनन् ।
४ महिनाको लकडाउनले गर्दा मानिसहरुको आम्दानीको बाटो बन्द भएपछि बजारमा सुन किन्नेभन्दा बेच्नेहरु बढीरहेका छन् ।