
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो केहीदिनदेखी कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । बुधबार पनि प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार थप ६ जनामा कोरोना पुष्टि भए लगत्तै कोरोना संक्रमित हुने कर्मचारीको संख्या ३६ पुगेको छ । यसअघि प्रहरी मुख्यालयकै ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।