
प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी पुगेर फर्किएका छन् ।
पत्नी राधिका शाक्यको साथमा ओली गौतमको घरमा पुगेका थिए । पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै घरमा रहेको समाचार यसअगाडी केटीएम दैनिकमा प्रकाशित भएको थियो । गौतम र पौडेल छिमेकी हुन्।
प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै हुन् । नेकपाभित्र विवाद चर्किएका बेला ओली गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
करिब २ घण्टा गौतम निवासमा बिताएका ओली केहीबेरअघि बालुवाटार फर्किएका हुन् ।
नेकपामा किचलो बढेपछि उनी उपाध्यक्ष गौतमलाई फकाउन निवास पुगेको बताइएको छ ।