
पोष्टपेड मोबाइल सेवामा कर थपिएको छ । यो वर्षको आर्थिक ऐनबाट सरकारले सबै मोबाइल सेवाको प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने व्यवस्था लागू भएसँगै पोष्टपेड सेवामा पनि कर थपिएको हो ।
यसअघि प्रिपेड सेवाको प्रत्येक रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लाग्दै आएको थियो। अवदेखि पोष्टपेड सेवाका ग्राहकको प्रत्येक पटकको बिलिङमा २ प्रतिशत कर लाग्ने भएको हो।
यो वर्ष बजेटमा सरकारले सबै खालका मोबाइल सेवाको सिम तथा रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लिने घोषणा गरेको थियो ।
यसअनुसार आर्थिक ऐनले साउन १ गतेदेखि पोष्टपेडमा स्वामित्व कर लिने व्यवस्था गरेको थियो । टेलिकम कम्पनीले पोष्टपेडको रिचार्जमा स्वामित्व शुल्क लिन थालिसकेका छन् । तर ग्राहकहरुलाई भने अहिले जानकारी दिइरहेका छन् ।