
नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् ।
संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् । उनीहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको शाहीले बताए ।
प्रवक्ता शाही थपिएका संक्रमितहरूको पनि कन्ट्याक्ट ट्रेसिङको काम थालिएको बताए। ‘उहाँहरूको परिवारको विवरण लिने र उहाँहरू बाहिर कहाँ-कहाँ जानुभयो भन्ने कुराको ट्रेसिङ सुरु गरेका छौं,’ उनले भने।