
सेती प्रादेशीक अस्पतालमा गरिएको नमूना परिक्षणमा ४२ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
वितेको २४ घन्टामा १ सय ३४ जनाको नमूना परिक्षण गर्दा ४२ जनाको नतिजा पोजेटिभ आएको हो । जसमध्ये कैलाली डोटी र कञ्चनपुर जिल्लाका बासिन्दाहरु रहेका छन् ।
सेती प्रादेशिक अस्पतालले सोमबार जारी गरेको प्रेस विज्ञप्ती अनुसार संक्रमित हुनेमा गोदावरी नगरपालिका कैलालीका ५ देखि ३५ वर्ष उमेर समूहका ७ महिला र १ देखि ४० वर्ष उमेर समूहका ११ पुरुष गरी १८ जना, सायल डोटीका ७ महिने बालिकासहित ६ महिला र १३ पुरुष गरी १९ जना, डोटी जिल्लाकै आदर्श गाउपालिका ७ की २१ वर्षिया युवती र ३ पुरुष सहित ४ जना र कञ्चनपुर जिल्लाको बेलौरी गाउँपालिका ९ की २ वर्षीया बालिका गरेर जम्मा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।