
लामाे लकडाउन पछि सरकारले जनजीवन सहजीकरणकाे अवधारणा अनुरुप केही क्षेत्र बाहेक अरु खुल्ला गर्ने निर्णय गरेकाे छ ।
विश्वनै काेराेनाले थल्याएकाे अवस्थामा सावधानी अपनाउदै सहजीकरण गर्नुबाहेक अरुकुनै विकल्प छैन ।
मानव मस्तिष्कले गर्ने कल्पना जतिपनि छन् ती सबै महाभारत कालसम्म आइपुग्दा हरेक प्रकारका घटना हरु घटिसकेका छन् ।
अहिले विश्वव्यापी फैलिएकाे काेराेना भाइरसकाे पनि गणेश महापुराणमा व्याख्या गरिएको छ । कर्मठा सुर र सलका सुर नामगरेका राक्षसले पृथ्वीमा रहेका मानिस हरुलाई दुख कष्ट दिएकाे उल्लेख पुराण अध्ययन गरेका ज्याेतिषी पं. पुरुषाेत्तम पाैडेलले जानकारी गराउनु भएकाे छ ।
पुराणमा व्याख्या भए अनुसार सुरुमा याे राेगले मानिसकाे छातीमा समस्या पार्छ भने अन्तिममा यसले मस्तिष्कलाई नै असर गर्ने भएकाले आत्महत्या गर्ने मानिसहरु अझै वढ्न सक्ने उनकाे भनाइ छ ।
उनले विद्वान् हरुलाई आग्रह गर्दै भने,”गणेश पुराणमा कर्मठा सुर र सलका सुरकाे बारेमा अध्ययन गरेर विधिवत् शान्ति गरेमा यसकाे प्रभाव कमहुने जानकारी गराउनु भएकाे छ । पुराणमा उल्लेख भएअनुसार याे पूर्णरूपमा नियन्त्रणमा आउन सुरुभएकाे दिन देखि १८ महिना सम्म लाग्नन सक्छ ।”
कर्मठासुर र सलका सुरकाे भेट हुने भनेर व्याख्या गरेकाे पुराणमा अहिले कर्मठासुर अर्थात काेराेना भाइरस र सलकासुर भनेकाे सलह किरा जुन भेट भैसकेकाे छ । काेराेना उत्पत्तिको उल्लेख भएअनुसार उत्तर पूर्वकाे दिशाबाट हुने भनेर भनिएकाे छ ।
नेपालमा जन्मेका वेदव्यासले लेखेकाे उक्त पुराणमा नेपालबाट हेर्दा काेराेना उत्पत्तिको देश चिन उत्तर पूर्व दिशामा नै पर्छ । तेसैले पनि याे धार्मिक रुपमा व्याख्या गरिएको विषय अहिले मिल्दै आइरहेकाले पनि यसकाे धार्मिक रुपमा नै उपचार पद्धति खाेज्नुपर्ने विज्ञकाे सुझाव छ ।
दैवाधीना जगत् सर्व: मन्त्राधीना च देवता ।
ते मन्त्रा ब्राह्मणाधीना तस्मात् ब्राह्मण देवता ।
देवी भागवतमा उल्लेख भएअनुसार याे संसार विश्वासमा अडिएकाे छ । अर्थात् अदृश्य शक्ति वा भगवान्को अधिनमा रहेकाे छ ।जसले याे ब्रह्माण्डलाई चलाई रहेकाे अर्थात भगवान् लाई पनि अधिनमा राख्ने भनेकाे मन्त्र हाे । भगवान् मन्त्रकाे अधिनमा हुन्छन् । भगवान लाई अधिनमा राख्न सक्ने मन्त्र छ त्याे मन्त्र ब्राह्मणकाे अधिनमा हुन्छ तेसैले ।
शुद्ध संग मन्त्र उच्चारण गरेमा हरेक प्रकारका समस्या समाधान हुने शास्त्रमा उल्लेख गरिएको छ । अहिलेकाे समयमा धार्मिक मठ मन्दिर लाई सुरक्षाका उपाय अपनाएर भएपनि खाेल्नु पर्छ । मत्र तथा हवन गरेमा वायुमण्डल शुद्धीकरण हुन्छ र विस्तारै सकारात्मक उर्जाकाे विकाश हुन्छ ।
यस्ताे अवस्थामा मन्दिर प्रवेशमा राेक लगाएर भन्दा पनि सुरक्षाका उपाय अपनाएर मन्दिर प्रवेश गराउने तर्फ ध्यान दिनु जरुरी छ । जति धेरै मन्त्र तथा हवन गर्याे उति नै छिटा मन्त्र थेरापि अनुसार वायुमण्डल शुद्ध हुन्छ।अरु भन्दा पनि धार्मिक क्षेत्रलाई नै जाेड दिन विज्ञहरुले आग्रह गरेका छन् ।