
काठमाडौं । प्रहरीले मंगलबार बिहान राजधानीको कमलादीबाट बरामद गरेको सामान सुन नभएको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्दै सुरूमा सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ।
काठमाडौंको कमलादीमा १५ किलो सुनको झोला फालेर तस्कर भागेपछी …
काठमाडौंको कमलादीमा १५ किलो सुनको झोला फ्याँकेर सुन तस्करहरु भागेका छन् ।
ठुलो परिमाणमा सुनको तस्करी हुँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले पछ्याए पछि तस्करले सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो क्रममा प्रहरीले झोलामा २ थान हति यार समेत फेला पारेको छ । यसबारे विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने बताएको छ ।
आफू पक्राउ पर्नबाट बाँच्नको लागि तस्करले फालेको झोलामा १५ किलो सुन जस्तो देखिने पहेँलो पदार्थ र दुई थान हति-यार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिएका छन् ।
सो तस्करको समूहले प्रयोग गरेको गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकिएको बताइएको छ ।
एक तोलामा ११.६६ ग्राम सुन हुन्छ आज बदरामद १५ किलो सुनको मूल्य १२ करोड ६० लाख भन्दा माथि रहेको छ।