
नेकपामा अहिले भएको विवादले दुर्घटनाको ल्याउने सम्भावना देखिएको पर्यटनमन्त्री योगेश भट्टराईले बतएका छन् ।
भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत एक ट्विट गर्दै “दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं सल्लाह गरौं । भन्दै लेखेका छन् ।
उक्त ट्विटमा नेकपाको नाम उल्लेख नगरेपनि पछिल्लो क्रममा नेकपाभित्र देखिएको विवादले दुर्घटना निम्त्याउने सक्नेतर्फ भट्टराईले संकेत गरेका छन् । नेकपामा विभिन्न गुट उपगुटहरु सक्रिय रहेका छन् । केपी शर्मा ओली र प्रचण्डको एक गुट बाहिरी रुपमै देखिएको छ भने माधव कुमार नेपाल र बामदेम गौतम लगायतका उपगुटहरुले प्रचण्डलाई साथ दिइरेका छन् ।
दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 28, 2020
हिजै मात्रै उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट महाधिवेशमा ध्यान दिऔं भन्दै सन्देश प्रवाह गरेका छन् ।
लगातार रुपमा नेकपाको केन्द्रीय कमिटीको बैठकहरु अन्तिम समयमा आएर स्थगित हुने र बैठक बसेतापनि कुनै ठोस निष्कर्षमा पुग्न नसक्ने हुँदा नेताहरुले आफ्नो भनाई राख्न सामाजिक सञ्जाल प्रयोग गरिरहेको आरोप पनि एकथरिले लगाउँदै आएका छन् । सामाजिक सञ्जालमा लेख्दैमा समस्याको समाधान हुँदैन । आफ्ना कुराहरु बैठकमा पेश गरेर त्यसको समाधान गर्नुपर्छ भन्ने पनि आवाज उठीरहेको छ ।
जनताले देश विकास गर्न भनेर स्पष्ट बहुमत दिएर नेकपालाई सरकारमा पठाएतापनि सरकारले नागरिकको चाहना अनुसार काम गर्न सकिरहेको छैन । नेताहरु शक्ति र कुर्सीको पछाडी दौडिरहँदा अन्य विषयहरु ओझेलमा परिरहेका छन् ।