
चितवनको रत्ननगरमा छरिएर रहेका सहकारीहरुलाई एकिकृत गदै सहकारी सञ्जाल गठन गरिएको छ।
उत्पादनशील कार्यमा नगरपालिकासँग सहकार्य गर्न सहकारीको सञ्जाल गठन गरिएको हो ।
सञ्जालको अध्यक्षमा ऋतु गिरी चयन भएकी छिन् ।
गिरी उज्ज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष समेत हुन् ।
सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलाले गिरीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।
रत्ननगरमा विभिन्न प्रकृतिका ६७ वटा सहकारी संस्था रहेका छन् ।
नगरभित्र २३ वटा वचत तथा ऋण सहकारी, १९ वटा कृषि सहकारी, ११ वटा दुग्ध सहकारी, ५ वटा बहुउद्देश्यीय सहकारी, ४ वटा पर्यटन सहकारी, ३ वटा सामाजिक उद्यमी सहकारी, १ सञ्चार सहकारी र १ जडीबुटी सहकारी रहेका पाईन्छ ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सहकारीहरु बचत र ऋण प्रवाहमा मात्र केन्द्रित भएकाले उत्पादनशील काम गर्नुपर्ने जनाए।