
प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद गरेको छ।
एसएसपी श्याम ज्ञवालीले १५ किलो सुनको पोको फेला परेको पुष्टि गरेका हुन्।
‘सुन पोकोमा भेटिएको छ’, उनले भने,‘सुन छाडेर भागेकाहरूको खोजी जारी छ।’
यसबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छ।