
कालीकोट जिल्लाको रास्कोट नगरपालीका वडा नं १ मा गए राति पहीरोले घर बगाउदा एका घरका पाँच सहीत ८ जना बेपत्ता भएका छन ।
नगरपालीकाको वडा नं १ को बडलतोला भन्ने स्थानमा रहेको जय बहादुर शाहीको घर पहीरोले बगाउदा उनी सहीत उनका दुइ छोरा एक छोरी र एक अर्की उनका आफन्त नाता पर्ने बालीका सहीत पाँच जना पहीरोमा पुरीएर बेपत्ता भएका हुन् ।
रास्कोट नगरपालिका–१ बडुवालतोलामा रहेको जय बहादुर शाहीको घर पहिरोमा पुरिँदा उनीसहित ५ जना बेपत्ता थिए। बेपत्तामध्ये जयबहादुर शाहीको श-व भेटिएको रास्कोट नगरपालिकाका मेयर काँशिचन्द्र बरालले जानकारी दिए।
कालीकोटै सन्नीत्रिवेणी गाउँपालिका–७ मा पनि पहिरोले एउटा घर पुरिएको छ।
टेके कामीको घर भत्किँदा त्यहाँ बस्न गएकी रास्कोट नगरपालिका–१ की केश्पुरा शाही बेपत्ता रहेको त्यहाँ एक जना बेपत्ता रहेको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर शाहीले जानकारी दिए।