
बलिउडका एक्सन निर्देशक परवेज खानको सोमबार हृदयघातका कारण निधन भएको छ । ५५ वर्षका उनको ह्दयघातका कारण निधन भएको बताइएको छ ।
उनको अत्यन्त मिल्ने साथी हंसल मेहताले सामाजिक संजालमार्फत उनको निधनको पृष्टि गरेका हुन् । उनले लेखेका छन्, ‘मेरो प्यारो साथी परवेजको निधन भएको भर्खरै खबर पाए, हामीले शाहिदमा सँगै काम गरेका थियौं । उनी धेरै असल जोशिला र काममा लगाब राख्ने मानिस थिए’ ।
Just heard that action director Parvez Khan is no more. We had worked together in Shahid where he executed the riots sequence in a single take. Very skilful, energetic and a good man. RIP Parvez. Your voice still rings in my ears!
— Hansal Mehta (@mehtahansal) July 27, 2020
उनीसँगै काम गरेका निशान्त खानको अनुशार उनलाई बिहान हृदयघात भएको थियो । उनलाई तत्काल अस्पताल लगियो तर त्यहाँ उनलाई मृत घोषित गरियो । उनलाई कुनै पनि समस्या थिएन । राती एक्कासी छाती दुख्यो भने र उनको निधन भयो ।
उनले सहायक निर्देशकको रुपमा काम थाले पनि अन्धाधुन, बदलापुर,खिलाडी, बाजिगर,लगायतका फिल्महरुमा एक्सन सिकाइसकेका छन् ।