
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउले गर्दा स्थगित भएका परीक्षा सञ्चालन हुने मिति सार्वजनिक गरेको छ।
त्रिवि शिक्षाशास्त्र डिनको कार्यालयले असोज पहिलो हप्ताबार परीक्षा सञ्चालन हुनेबारे सूचना प्रकाशित गरेको छ।
यस्तै, त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय, बल्खुले पनि आफ्नो सुचनामा परीक्षा भदौ २२ गतेदेखि सञ्चालन गरिने जानकारी दिएको छ।