
बुटवलको एक होटेलमा बसेका तीन व्यक्तिमा सोमबार कोरोना संक्रमणको पुष्टी भएको छ ।
बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरु सिरक डसना उद्योगमा काम गर्ने मजदुर रहेको बताइएको छ । नेपालमा लकडाउनको खुलेको भोलिपल्ट उद्योगमा काम गर्न भन्दै उनीहरु नेपाल प्रवेश गरेका थिए ।
कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको सिंहले जानकारी दिए ।
पूर्वाञ्चल होटललाई सिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाइनमा पठाइएको उनले बताए ।
आज थपिएका ३ जना संक्रमितसहित बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।