
नेकपामा विवाद भैरहेको बेला उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले महाधिवेशनको तयारी लाग्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै पोखरेलले “केन्द्रीय कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं” भन्दै महाधिवेशनको तयारीमा लाग्न सबैमा आग्रह गरेका हुन् । उनी फेसबुकमा लेख्छन् “राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता गर्यौं ! त्यो ऐतिहासिक एकता गर्दा पुरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मन्च अर्थात् महाधिवेशनको तयारीमा लागौं !! केन्द्रीय कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं !!!”
पूर्व एमाले र माओवादीले एकता गरेर चुनावमा राम्रो मत ल्याएर सरकार चलाएतापनि जनताको चाहनाअनुसार सरकार चल्न नसकेको कुरा सत्तामै रहेका मन्त्रीहरुले स्वीकार गरिसकेका छन् ।
नेताहरुले निस्वार्थ भावना भएका कार्यकर्ता र सर्वसाधरणको लागि केही दिन नसकेर पार्टीभित्र गुटबन्दी चलाइरहेको आरोप लागिरहेको छ ।
कोरोना महामारीले देश आक्रन्त भैरहेको बेला नेताहरु सत्ता र कुर्सीको पछाडी दौडिरहँदा आम जनतामा “जुन जोगी आए पनि कानै चिरेका” भन्ने नेपाली उखान चरितार्थ भएको छ ।
पछिल्लो समयमा स्वास्थ्य सामग्री खरिदको विषयमा पोखरेल विवादमा फसेका छन् ।