
स्याङ्जामा १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी विमलराज कणेल सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका ९८ जना प्रहरीको गत साउन ७ र ८ गते कोरोना परीक्षणका लिइएको स्वाब लिइएको थियो । जसमध्ये सोमबार १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन ।
यसअघि जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै जिल्ला प्रहरी कार्यालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सर्वसाधारण तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
योसँगै सो जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।