
काठमाडौं । सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा हलचल नै मच्चिएको छ । नेपोटिजम, आफुलाई मन पर्नेहरुको गुप्रले धेरै कलाकारहरु तनावमा रहेका छन् । कंगना रनावतको ट्वीटर वारले पनि धेरै कुराको प्रतिनिधित्व गरेको छ । भारतलमा फेरी अर्की नायीकाले कसैको दास हुन चाहन्न भन्दै देह त्यागको प्रयास गरेकी छन् । दक्षिण भारतकी अभिनेत्री विजयलक्ष्मीले यस्तो प्रयास गरेकी हुन् ।
तर उनलाई बचाउन सफल भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । एक फिल्मीकर्मीको समूहले दिएको मा-नसिक यातनाका कारण उनले रक्तचाप कम गर्ने औषधि खाएर देह त्यागको प्रयास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
टाइम्स अफ इन्डियामा उल्लेख भएको समाचार अनुसार उनले समयमै उद्दार पाएका कारण ज्यान भने बचेको छ । उनको अहिले अस्पतालमा उपचार जारी रहेको छ भने स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको बताइएको छ ।
उनले देह त्याग गर्नु अघि एक भिडियो सार्वजनिक गर्दै आफुलाई परेको समस्याका बारेमा खुलेर आफ्नो कुरा राखेकी थिइन् ।
नायिका विजय लक्ष्मीले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै पूर्वतमिल फिल्मकर्मी तथा राजनीकर्मी सिमन तथा उनको राजनीतिक पार्टीका कार्यकर्ताले गरेको अप-मान र दिएको तनाव सहन नसकेर यस्तो निर्णय गर्न बाध्य भएको बताएकी हुन् ।
हेर्नुहोस् भिडियो