
कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।
उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर घाइते भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।
घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताउँछन् ।
कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ?
नेपालमा हजार भन्दा बढि च्याउका प्रजातीहरु पाइन्छन्। तीमध्य करिब ११० जातका च्याउ मात्र खान योग्य छन्। परम्परागत रुपमा १३ प्रजातिका च्याउ औषधि रुपमा प्रयोग गर्ने गरिएको छ भने ४५ प्रजातिका च्याउ विषाक्त भएको अनुमान छ।
सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा अविषालु भनेर छुट्याउन गाह्रो हुन्छ। यसका लागि प्रशस्त अनुभव र बिज्ञताको खाँचो चाहिन्छ। नेपालमा खासगरि च्याउ पहाडि क्षेत्रमा पाइने र परम्परागत अनुभवका आधारमा नै यसको संकलन गर्ने गरिएको छ।
कहिलेकाहिँ च्याउ आफैंमा बिषाक्त नभए पनि हामीले संकलन तथा र भण्डारण तरिकाले पनि विषाक्त बनाउँछ। सामान्यतया अहिलेसम्मका अनुसन्धानका आधारमा निम्न तरकिाले विषालु प्रजातिका च्याउहरु छुट्याउन सकिन्छ।
च्याउ भाँच्दा चोप निस्कियो भने र छुँदा त्सको रङमा परिवर्तन आएमा त्यो विषालु हो।
बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुन्छन्।
च्याउको माथि रहने छाता छाम्दा चिल्लो सतही भयो भने त्यो खानयोग्य हो तर खस्रो एबं तलमाथि उठेको देखिएमा बिषालु हो भनि अनुमान गर्न सकिन्छ।
नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा बिचार पुर्याउनु पर्दछ।
बिषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन्।
च्याउलाई कुखुराको अण्डा एबं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एबं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ।
यी च्याउ जाँच्ने सामान्य बिधी मात्र हुन्। यसैका मात्र आधारमा विषालु हो वा होइन भनि छुट्याउन गारो हुन्छ यसका लागि अनुभव र बिज्ञता नै आबश्यक छ। तर गाँउघर जहाँ च्याउ संकलन गरिदै आएको छ त्यहाँ अलिकति भएपनि सहजता होस् भनेर यहाँ प्रस्तुत गरिएको हो।