
कास्की, १२ साउन । पोखराको मणिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
कोरोना पुष्टि भएसँगै उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । आज (सोमबार) बिहान ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती डाक्टर मणिपालमा कार्यरत रहेको र सोही कलेजमा एमडी अध्ययन गर्दै आएका थिए । उनको आवास पनि मणिपालकै होटलमा रहेको छ ।
डाक्टरलाई नै कोरोना पुष्टि भएपछि अस्पताललाई शिल गर्ने–नगर्ने विषयमा निर्णय हुन बाँकी रहेको अस्पताल स्रोतले बताएको छ ।