नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडी सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा दुःख पाएको उल्लेख गरिन् ।
उक्त बिषय निकै चर्चामा रह्यो ।
साम्राज्ञीले यसो भनिरहँदा उनको कटाक्ष नायक भूवन केसीमाथि पनि थियो ।
साम्राज्ञीलाई भूवनले चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् ।
साम्राज्ञीले बारम्बार आक्रोश व्यक्त गर्दै सामाजिक संजालमा नाम नै लिएपछि भूवन केसीले असन्तुष्टी व्यक्त गरेका छन् ।
यतिबेला कोहि भुवनको पक्षमा बोलिरहेका छन् भने कोहि साम्राज्ञीको पक्षमा बोलिरहेका छन् । यस्तैमा नायिका दिपशिखा खड्काले पनि साम्राज्ञीको पक्षमा बोल्दै भुवनलाई काली मोसो दकेर जुत्ताको माला लाउनु पर्ने भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
आफ्नो फेसबूकमा उनी लेख्छिन् -‘भुवन काकालाई १० करोडको क्षतिपूर्ति दिनु पर्यो अरे तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनुमानढोका घुमाउनु पार्छ । त्यो पनि कालो मसो दलेर ।’
उनी थप्छिन् -‘कहिले ब्यक्तिगत कुरा निकाल्ने, कहिले घराएसी कुरा निकाल्ने, अनि अब १० करोडको माग ?? यो बोका नै हो । मलाई पनि राम्रो सग थाहा छ बोल्न परेको दिन बाहुको बिहे देखाइ दिन्छु ।’
स्टाटसमा उनको आक्रोश उग्र देखिन्छ । उनले आफू पनि हिंसामा परेको बताएकी छिन् । आफू सन्की स्वभावको भएकोले तुरुन्तै बोलेको र सुटिङ छोडेर समेत हिडेको उनको भनाई छ ।