
काठमाडौँ । साइप्रसमा एक नेपाली विद्यार्थी रेनुका कोइराला (जोशना)को सवारी दुर्घटनामा मृत्यु भएको छ । अध्ययनको सिलसिलामा साइप्रसमा रहेकी २० बर्षिया कोइरालाको निकोसियामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले बताएको छ ।
२५ जुलाइ शनिबार, राति करिब साँढे १ बजे काम गरेर कोठामा फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते अवस्थामा रहेकी कोइरालालाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । धादिङको धुनिबेशी –६ धार्के घर भई साइप्रसमा अध्ययनको लागी गएकी कोइरालाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको निकोसीया प्रहरीले पुष्टि गरेको छ ।
मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको श-व जनरल अस्पताल निकोसीयामा रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नागरिकपाटीको सहयोगमा