
भारतमा एकैदिन झण्डै ५० हजार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेको छ ।
यस्तै भारतमा कोरोनाका कारण एकैदिन ७ सय ८ जनाको ज्यान गएको छ ।
योसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या ३२ हजार ७ सय ७१ पुगेको छ ।
समाचार एजेन्सीकाअनुसार विश्वभर पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या २ लाख १४ हजारभन्दा बढी रहेको छ । एजेन्सी