
मेरो मनमा धेरै पीडा छ, उथलपुथल छ । जस्लाई शेयर गर्यो भने मन हल्का हुन्छ भन्छन् त्यसैले आज म इन्टाग्रामको मद्दतबाट मेरो कहानी सुनाउन गइरहेको छु ।
मेरो परिवारले सधै तेरो बुबा आमालाई एउटा छोरा चाहिएको छ रे भनेर सुनाउने गर्थे । जसरी हुन्छ उहाँहरुलाई एउटा छोरा नै चाहिएको थियो । मेरो आमा निकै तनाबमा हुनुहुन्थ्यो किनभने उहाँको जेठो छोरा (मेरो दाई) जन्मेको डेढ वर्षमा नै बित्यो । त्यसपछि म नै घरको जेठी छोरी भए र मैले मेरो दाजुलाई कहिले पनि भेट्न पाईन न त उसँग खेल्न पनि पाए ।
तर मेरो आमा बुबा एउटा छोरा त जन्माउने भनेर धेरै आशाबादी हुनुहुन्थ्यो । उहाँहरुले धेरै संकल्प गर्नुभयो,कति मन्नत माग्नुभयो । मा भगवतीको लगातार २ वर्ष प्राथना गर्नुभयो । उहाँहरुले कति ब्रत बस्नु भयो भन्ने कुरा मेरो सानो दिमागले सोच्नै सक्दैनथ्यो ।
केटीएम दैनिकको अनुमति बिना साभार नगर्नुहोला
आमा बुबाले खाना नखाएको देखेर म आजित हुन्थे । उहाँहरुले घरमा कति पटक पुजा लगाउनु भयो, कुन कुन मन्दिर जानु भयो कस्कस्लाई भेट्नुभयो भनेर लेख्न थाले भने मेरो कहानी अधुरै रहने डर हुन्छ । तब आफै अनुमान लगाउन सक्नुहुन्छ, कसैले यहाँ गयो भने मन्नत पुरा हुन्छ रे भनेको सुन्ने बित्तिकै उहाँहरु त्यही पुग्नु हुन्थ्यो ।

त्यस्को एक वर्ष पछि मेरो बुबा आमाको चाहाना पुरा भयो मेरो सानो भाइको जन्म भयो । उस्को आखाँमा भएको चमक र मुस्कान देखेर जो कोही चकित हुने गर्थे । हिन्दु परम्परा अनुशार उस्को नाम ‘पिथिया’ राखियो । आमाले मेरो कारणले भाइको जन्म भएको भनेर भन्नुहुन्थ्यो म मिठो मुस्कानका साथ हास्ने गर्थे । उस्लाई यस धर्तीमा टेकाउन मेरो हात छ भने पछि म उस्लाई निकै केयर गर्थे । हामी सधै सँगै हुने गर्थ्यौं । हामी सँगै नाच्ने, गाउने, पढ्ने गर्थ्यौं मानिसहरुले हामीलाई जुम्ल्याहा भन्ने गर्थे । हामीलाई सबैले गुडिया गुल्सन भन्ने गर्थे । मेरो नाम गुडिया र मेरो भाइको नाम गुल्सन थियो ।
केटीएम दैनिकको अनुमति बिना साभार नगर्नुहोला
समय सँगै हामी स्कूल जान थाल्यौं । उ नर्सरीमा थियो भने म प्रि क्लासमा थिए । हामी एउटै कक्षामा नभए नि स्कुलको भवन एउटै थियो र एक वर्ष धेरै रमाईलो गर्दै बितायौं । तर एक वर्षपछि म युकेजी मा गए भाइ प्रि क्लासमा । हामीलाई ठूलो तनाब भयो, भाइ र मेरो भवन नै अलग भयो । एकदिन लन्च ब्रेकमा भाइ मेरो कक्षामा आउँदै गरेको देखे । हामी एक मिनेट पनि छुट्टिन सक्दैन्थ्यौं ।
म एकदमै आश्चर्य चकित भए । किनभने मेरो भाइ र मेरो बिल्डिङ् आधा किलोमिटर टाढा थियो । उ एकदमै अतालिएको, पीडामा रहेको र म सँगै रहन चाहेको बतायो । म अचम्ममा परे । आधा किलोमिटर हिडेर, गेटपालेको आँखा छलेर मेरो कक्षा खोज्दै उ कसरी म भए ठाउँमा आइपुग्यो मैले सोच्नै सकिन । उ कसरी भागेर मेरो कक्षाकोठासम्म आइपुग्यो भन्ने कुरा मैले सहजै अनुमान लगाए किनभने म पनि स्कूल जिवनको शुरुको दिनमा यही पीडामा रहेको थिए ।

उ मेरो कोठाबाट बाहिर निस्कन मानेन । म पनि मलाई एक्लै छाडेर नजानुहोस भनेर धेरै रोएको थिए । त्यसपछि मैले मेरो भाइलाई मेरै कोठामा लुकाएर राखे । म र मेरो साथीले उस्लाई बिचमा लुकायौं तर कहाँ लुकाउन सकिन्थ्यो र । सुरुमा मैले उस्लाई लुकाउन धेरै प्रयास गरे तर केहि सिप नलागे पछि जुरुक्क उठेर भने, म्याम मेरो भाइलाई सन्चो छैन त्यसैले यहाँ ल्याएको हुँ । म्यामले केहि छैन भन्नु भयो र म र मेरा केही साथीहरु भाईलाई बचाउन सकेकोमा खुशी भयौं । त्यसपछि सोसल क्लासमा बस्न नमिल्ने भएकोले पालेदाईले आएर उस्लाई उस्को बिल्डिङमा लिएर जानुभयो ।
२००७ मा मेरो विवाह भयो । मेरो विवाहको बेलामा उस्ले मलाई जोडले अंगालो मारेर नजा न प्लिज भन्यो । अब हामी नजिक हुन धेरै समय लाग्नेछ किनभने बिहेपछि म अमेरिका सिफ्ट हुदै थिए । त्यसपछि समय बित्दै गयो । म मेरो काममा व्यस्त हुन थाले, उ उस्को आफ्नै काममा व्यस्त थियो । भाइ बलिउडमा गएको थाहा पाएपछि हाम्रो छाती गर्वले फुल्यो । हामी सबैलाई खुशी दिलायो नाम कमायो । तर हामी सधै उस्को रक्षामा लागिरहन्थिम मैले उस्लाई अमेरिका आइज हामी हाम्रो बच्पनलाई एकपटक फेरि उजागर गरौं भने , तर त्यो सपना पनि अधुरै रह्यौ । अहिले उ हामीसँग छैन भन्नु एउटा सपना बाहेक अरु केहि हैन जस्तो लाग्छ । म चाहन्छु यो सपना नै होस र मेरो भाइ फिर्ता आओस ।
सुशान्त सिंह राजपुतको जेठी दिदी कृतिको इन्टाग्रामबाट टान्सलेट गरिएको