
धनगढी : कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन्। ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ।
जिल्लाको बौनियामा आज बिहान ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।