
कोसी अस्पताल विराटनगरमा डाक्टर र नर्सलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका काम थाल्नु अगावै सप्तरी घर भई कोसी अस्पतालमा हाँजिर हुन आएका एकजना चिकित्सक र विराट अस्पतालमा समेत आंशिक काम गर्दै आएकी नर्सलाई पोजेटिभ देखिएको समाचार विराटनगरबाट सञ्चालन हुने आवर विराटनगर डटनेटले प्रकाशित गरेको छ ।
प्रकाशित समाचार अनुसार कोरोना संक्रमित डाक्टर साउन १ गते मात्रै हाजिर भएका थिए । त्यसको केहिदिनमै ज्वरो आएपछि उनको स्वाब संकलन गरि परीक्षण शनिबार पोजेटिभ देखिएको थियो ।
उनी अस्पतालमा कार्यरत हुनु अगावै संक्रमित भएकोले अन्य समस्या नहुने अनुमान गरिएको छ ।
कोसी अस्पतालको पोष्टनेटल वार्डमा कार्यरत एक नर्सलाई समेत कोरोना पोजेटिभ देखिएको छ । उनी भने आंशिक रुपमा विराट अस्पतालमा समेत कार्यरत थिइन् ।
आइतबार साँझको रिपोर्ट अनुसार मोरङको कटहरी गाउँपालिका–६ की २७ वर्षीया महिलामा समेत कोरोना पोजेटिभ देखिएको छ ।
ज्वरो आएपछि कोसी अस्पतालको आइसोलेशनमा राखेर स्वाब परीक्षणगर्दा कोरोना पोजेटिभ देखिएको हो।