
विराटनगर विमानस्थलमा खटिएका सेक्युरिटी गार्ड मृत फेला परेका छन् ।
विमानस्थलको पश्चिम भीआरमा खटिएका अन्दाजी ६० वर्षका ईटहरी उपमहानगरपालिका ५ का हरिलाल चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
उनी सेक्युरिटी गार्डको एयपोर्टको गार्ड पोस्टमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
सोमबार (आज) बिहान अबेरसम्म उनको पोस्टको ढोका नखुलेपछि बोलाउन जाने क्रममा उनी मृत भेटिएका हुन् ।
घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु भैसकेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।