
काठमाडौंमा आज (आइतबार) ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिएका जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना देखिएको उनले जानकारी दिए ।
उनले स्टार अस्पताल सानेपामा काठमाडौंका ३ जनामा कोरोना देखिएको बताए । आज देशभर थपिएका १३० कोरोना संक्रमितमध्ये काठमाडौंका ८ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म काठमाडौंमा २८६ जनामा कोरोना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
र यो पनि पढ्नुहोस् :