काठमाडौं । विराटनगर महानगरपालिकाले महानगरभित्र कोरोना समुदायमा पुगेको निश्कर्ष निकाल्दै भोलिदेखि ‘अनौपचारिक लकडाउन’ गर्ने निर्णय गरेको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ प्रहरीसहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरपालिकाले अत्यावश्य बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार मोरङमा २२ र इलाममा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
विराटनगरमा रहेको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कोरोना समुदायस्तरमा फैलिएपछि विराटनगर महानगरले केही समय अत्यावश्यक सेवाबाहेकका सेवाका काम बन्द गर्ने निर्णय गरेको हो।