
सप्तरीमा एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार सप्तरीमा एकजना न्यायाधीशसँगै एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ वर्षीय जवानमा पनि संक्रमण पुष्टि भएको हो ।
यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।
२४ घण्टामा १ सय ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
बितेको २४ घण्टामा थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।
र यो पनि पढ्नुहोस् :
दैलेखमा सरकारी कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना संक्रमण