
कोभिड- १९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्न हिमालय एअरलाइन्स्ले आम्दा अस्पताल, दमक, झापालाई पोर्टेबल भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्रीहरु र कोभिड – १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी), गुल्मीलाई पीसीआर उपकरण हस्तान्तरण गरेको छ ।
एअरलाइन्स्ले पीसीआर उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु, ५१ हजार २ सय थान डिस्पोजेबल मेडिकल मास्क, ६ सय ६ थान मेडिकल फेस शिल्ड, ५ सय ७५ थान मेडिकल चस्मा, ४० थान इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५ हजार जोर डिस्पोजेबल पन्जा कोभिड ( १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी), गुल्मीलाई प्रदान गरेको हो ।
यी सम्पूर्ण अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवाली र हिमालय एअरलाइन्स्का उपाध्यक्ष श्री विजय श्रेष्ठले संयुक्त रुपमा सीसीएमसीको प्राङ्गणमा रेसुंगा नगरपालिकाका प्रमुख श्री डिल्ली राज भुषाललाई गरका हुन् ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष श्री विजय श्रेष्ठले, “कोभिड(१९ को रोकथाम गर्ने नेपाल सरकारको कार्यमा सहयोगलाई निरन्तरता दिन पाउँदा हिमालय एअरलाइन्स् गौरवान्वित महसुस गरेको बताएका छन् ।”
त्यस्तै गत शुक्रबार आम्दा अस्पताल, दमकलाई एक पोर्टेबल भेन्टीलेटर सहित ५ सय थान आरडीटी किट, १ सय थान पीपीइ सेट, ५ सय थान एन(९५ मास्क, २ हजार जोर सर्जिकल मास्क, ५ हजार जोर डिस्पोजेबल पन्जा र ५ इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ । ।