
पोखराकी प्रेन्सा रेग्मी उमेरले ८ वर्षकी तर प्रतिभा अनेक, उनको बहुप्रतिभा ४ महिना लामो ल’कडाउनमा निकै खुलेर आयो । उनी कक्षा ३ पढ्छिन् । विद्यालय जानबाट व’ञ्चित उनीजस्तै बालबालिका प्रेन्साको प्रस्तुति एवं सहयोगी भावबाट प्रेरित बनेका छन् ।
पोखरा–१७, बिरौटामा प्रेन्साले आफ्नो घर नजिकै चौतारोमा बसेर मास्क बेच्दै गरेकाे देखिन्छ । (कोभिड–१९) संक्रमण जोखिममा सरकारले अनिवार्य मास्क प्रयोगमा कडाइ गरेपछि को’रोनाबाट बच्न अनिवार्य साधन बन्याे र उनले न्यूनीकरणका लागि सर्वसाधारणलाई मास्क बेचेर बचेको पैसा उनले सामाजिक सेवामा लगाउँछिन् ।
आफूजस्तै उमेरका साना भाइबहिनी आयआर्जन कमजोर रहेका परिवारका लागि उनले बचत रकम सहयोग गरेको बताइन् । प्रेन्साले भनिन्, ‘कोरोनाले धेरैजनालाई दुःख भएको छ । कति धेरैले आफूले चाहेको बेलामा खान पाउनुभएको छैन । कापीकलम किताब किन्न पाउनुभएको छैन । उहाँहरुलाई हेल्पको लागि मैले यस्तो काम गरेकी हुँ ।’