
कोरोना महामारीले आक्रान्त बनेको बिश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् ।
यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो योग्दान दिइरहेको छन् ।
केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहार भाइरल भएको थियो ।
धेरैले उनहरुप्रति सहानुभूति प्रकट गरेका थिए ।
सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो ।
इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना संक्रमणको शिकार भएर ज्यान गुमाए ।
कन्टेन्ट कपी गर्दा स्रोत खुलाउन नभुल्नु होला : केटिएम दैनिक
लामो समयसम्म पीपीई लगाएर काम गर्दा उनीहरुको अवस्था कस्तो हुन्छ ?
के तपाईले कल्पना गर्नुभएको छ ?
बेलायतको एक अस्पतालमा कोरोना भाइरसको उपचारमा संलग्न भएकी एक नर्सले लगातार १३ घण्टा प्रोटेक्टिभ गियर लगाएर काम गरेपछि बिग्रिएको आफ्नो अनुहारको फोटो शेयर गरेकी छिन् ।
बेलायतको नटंघमशायरको पूर्वी रेटफोर्डकी नर्स एमी गोल्डले आफ्नो यो तस्वीर फेसबुकमा पोस्ट गर्दै मानिसहरुलाई घरबाहिर ननिस्किन आग्रह गर्दै लेखेको पोष्टले यतिबेला धेरैको मन छोएको छ ।
हेरौं तस्विर :
ट्वीटरमा अवनिष कुमार नाम गरेका युजरले एउटा फोटो शेयर गरेका छन् ।
उक्त्त फोटोमा देखिएको हात भारतको डाक्टरको हो ।
उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् । “यो हात कोरोनाको उपचारमा संलग्न भएको डाक्टरको हो ।
जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुकाल्दाको हो । उनीहरु नै रियल हिरो हुन् र हामीले सम्मान गर्नुपर्छ ।”
This is the hand of a doctor after removing his medical precautionary suit and gloves after 10 hours of duty.
Salute to the frontline heroes.?? pic.twitter.com/uuEzGZkWJx— Awanish Sharan (@AwanishSharan) June 19, 2020