
काठमाडौं । सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको हो ।
दुवै बालिकाको स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा नयाँ खन्दै गरेको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
बाख्रा चराउन गएका बालिकाहरु श्निवार साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए ।
त्यसक्रममा शनिवार राती ९ः३० बजेतिर बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा श’व फेला परेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।
मृतक दुवै बालिकाको श-व पो-ष्टमार्टमका लागि आइतवार बिहान जिल्ला अस्पताल मलङ्गवा पुर्याइएको छ ।