
काठमाण्डौ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले गृहमन्त्रालयको आलोचना गरेका छन् । उनले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको खुलेरै आलोचना गरेका हुन् ।
एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको भन्दै बास्कोटाले यस विषयमा टुवीटर मार्फत ट्वीट गर्दै गृहमन्त्रालयले ध्यान दिनु पर्नेमा ध्यान नदिएको भन्दै गृहको कामप्रति खेद प्रकट गरेका छन् । उनले यात्रुलाई सास्ति दिने काम गृहमन्त्रालयले गरेको भन्दै गृहको काम गर्ने तरिकालाई मन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गरेका छन् ।
बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने ? न चेकजाँच, न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’
गृहमन्त्रालयले के जात्रा देखाकाे? बच्चा,केटाकेटी,बुढाबुढी एउटा बसबाट झार्ने एक किलाेमिटर हिडाउने फेरि अर्काे बस चढाउने ? न चेकजाँच न अरु ?बेकारकाे सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएकाे?तत्काल हटाऊ।
— Gokul Prasad Baskota (@GokulPBaskota) July 26, 2020
उनले गृहमन्त्रालयले व्यवस्थित रुपमा यात्रुहरुले व्यवस्था नगरेको र यात्रुहरुलाई सास्ती दिने काम गरेको भन्दै यस्तो नियम तुरुन्तै हटाउनु पर्ने सुझाव दिएका छन् । सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन् । तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरु पैदल हिँडेर सीमा पार गरी अर्को गाडीमा चढ्ने गरेका छन् ।