
बलिउड फिल्म उद्योग विश्वमा नै चर्चित मानिन्छ । वर्षेनी ५० भन्दा बढी फिल्महरु रिलिज हुने गर्दछन् जस्मा नयाँ तथा पुराना कलाकारको उल्लेखनीय सहभागिता रहन्छ ।
चलचित्रमा कलाकार फेरिनु त सामन्य कुरा हो । तर अभिनय गर्ने पक्कापक्की भइसकेपछि कलाकारलाई रिजेक्ट गरेर अर्को कलाकारलाई चान्स दिनु अत्यन्तै दुखद क्षण रहेको बलिउडकर्मीहरु स्वयम बताउँछन् ।
केटिएम दैनिकले आज ति ८ फिल्मको बारेमा चर्चा गर्दैछ जुन व्यवसायिक रुपमा सफल भए र फिल्मबाट बिचमै निकालिएका कलाकारहरु दुखी भए ।
स्मृति इरानी र सुप्रिया पाठक
‘अल इज वेल’ २०१५ मा रिलिज भएको रोमान्टिक कमेडी फील्म हो । यो फील्ममा रणबीर कपुर,अभिषेक बच्चन,सुप्रिया पाठक र असिनको दमदार अभिनय देख्न पाईएको थियो । यहाँ सुप्रियाले जुनियर बच्चनको आमाको भुमिका निभाएको थिइन् जुन ज्यादै लोकप्रिय भयो । उनले स्मृति इरानीलाई रिप्लेस गरेको थिइन् ।
गोबिन्द
२०१७ मा रिलिज भएको फिल्म ‘जग्गा जासुस’ मा गोबिन्दको धमकेदार कम व्याक हुने कुरा थियो । तर केहि कारणले उनी बिचमा नै निकालिए ।
जोन अब्राहम र सुशान्त सिंह राजपुत
रोमियो अकबर वाल्टर २०१९ मा रिलिज भएको फिल्म हो । सुशान्त सिंह राजपुतको नाममा फिल्मको पोष्टर पनि बनिसकेको थियो तर पछि जोनले काम गरे ।
अभिषेक बच्चन
२०१८ मा रिलिज भएको पल्टन फिल्मको लागि अभिशेक बच्चन फाइनल भएका थिए । तर पछि हर्षबर्दन रानेले उनलाई धक्का दिदै फिल्म आफ्नो पोल्टामा पारे
हर्षबर्दन कपुरलाई आयुष्मानले उछिने
‘अन्धाधुन’ २०१८ को सफल चलचित्र हो । सुरुमा हर्षबर्दन कपुरलाई यो फिल्मको लागि साईन गराइएको थियो । पछि उनलाई आयुष्मानले उछिने र उत्कृष्ट राष्ट्रिय पुरस्कार हात पारे
अक्षय कुमार
२०१९ को चर्चित फिल्म केशरी पहिले रणदिपको हातमा थियो । पछि उनलाई उछिनेर अक्षयले हात पारे र धेरै तारिफ पाए ।
साहिदले अर्जुनलाई उछिने
२०१९ मा प्रदशनमा आएर धेरै भन्दा धेरै माया पाएको कबिर सिंहको भुमिका शुरुमा अर्जुन कपुरले पाएका थिए ।
पछि मलाइकासँग मुड फ्रेसमा व्यस्त भएर यता समय दिन नसकेपछि फिल्म साहिदको पोल्टामा पुग्यो ।
तव्वु र रेखा
फितोर फिल्मको लागि रेखालाई चुनिएको थियो । तर अन्तिम समयमा आएर फिल्म तव्वुको हातमा पर्यो र उनले चर्चा कमाईन ।
यो सामाग्री पिंकभिल्ला बाट अनुवाद गरिएको हो ।