
आज लोकप्रिय गायिका सुनिता दुलालको जन्मदिन परेको छ ।
उनको जन्म सिन्धुपाल्चोक जिल्लाको जलबिरेमा भएको थियो ।
सुनिता दुलाल नेपाली लोकदोहोरीमा छुट्टै पहिचान स्थापित गरेकी गायिका हुन् ।
संख्या भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने दुलाल तिजमा अरूका एल्बममा गीत गाउँदिनन् ।
भड्किला गीत गाएर चर्चा कमाउनुभन्दा पनि सन्देश दिने थोरै गीत गाएर स्रोताको मन जित्नुपर्छ भन्ने उनको मान्यता छ ।
नम्रता सापकोटाले फेसबुकमा एउटा फोटो शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।