
ज्योतिष भनेको सौर्य मण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरङ्गलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो।
वेदको प्राकट्य सँगै अपौरुषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ।
वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ।
वैज्ञानिकहरूले आज कम्प्युटर दूरबिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौँ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएका छन्।
मेष राशिका केटीहरूलाई उनीहरूको हरेक कुरामा ओके भन्ने केटाहरू मन पर्छ भन्ने पनि छैन । उनिहरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटीहरूलाई आफ्नो प्रेममा पार्न आइडिया चाहिन्छ । त्यति सजिलो छैन।
मेष राशिका युवतीहरूको बारेमा थप १० कुराहरू
१) मेष राशिका मन जोसिलो र फुर्तिलो रहन्छ र जीवनमा केही गर्नुपर्छ भनेर अगाडी बढ्छन् ।
२) धेरै महत्त्वाकाङ्क्षी हुन्छ त्यसैले असाध्यै धेरै मेहनत र सङ्घर्ष गर्छन् ।
३) आत्मसम्मान प्रिय हुन्छ । आधार र सम्मान नपाउने ठाउँमा जान रुचि देखाउँदैनन् ।
४) अल्छी हुदैनन् र अल्छी साथीलाई मन पराउँदैनन् । क्रोध धेरै हुन्छ ।
५) सिधा कुरा गर्ने खालका हुन्छन् ।
६) प्रेमको मामलामा एकदमै नाजुक रहन्छन् । यस्ता स्त्रीहरू नरिवल जस्तै हुन्छ । बाहिर कठिन र भित्र मायालु हुन्छन् ।
७) विवाह पछि पनि काममा फोकस गर्छन् । घर परिवार र कामलाई अगाडी बढाउन मद्दत गर्दछन् ।
८) ध्यान भङ्ग गर्न चाहन्न । आफ्नो काममा अग्रसर भइरहन्छन् ।
९) लक्ष्य प्राप्तिको लागि अग्रसर हुने हुँदा अरूले घमन्डी भन्छन् ।
१०) कसैले केही भन्यो भने सहदैनन् । र प्याच्च भन्दिन्छन् ।
बाँकी भिडियोमा हेर्नुहोस्
यदि तपाई मेष राशि हुनुहुन्छ र माथि उल्लेखित कुरा तपाई सँग मेल खायो वा खाएन । हामीलाई कमेन्ट बक्समा लेख्न नभुल्नुहोला है !