
सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा नातावादको कुरा उठिरहेको छ । बिशेष गरि कंगना रनावतले यो कुरालाई उचाली रहेकी छिन् । सुशान्तको निधन पछि मात्र हैन लामो समयदेखि उनले बलिउडमा आउटसाईडरलाई एक्लाएको कुरा गर्दै आएकी थिइन् ।
आज बलिउड कलाकार शत्रुधन सिंहाले पनि कंगनाको समर्थन गरेका छन् । उनले भने, “बलिउडमा धेरै कन्ट्रोभर्सी करणको कार्यक्रमबाट आउँछ । हामी सबै एउटै सोसाईटीका हौं । सबैजना आफ्नो कला प्रदशन गरेर अगाडी बढ्ने हो । बलिउड कसैको बाउको सम्पत्ति हैन । त्यसैले सबैको क्षमताको कदर गरौं ।”
सुशान्त सिंह राजपुतले सारा फ्यानलाई चकित बनाउँदै जुन १४ मा आफ्नो प्राण त्यागेका थिए । आज उनको निधनको एक महिना पुगेको छ ।
उनका परिवार तथा फ्यानहरु अझै पनि चकित छन् ।
अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म रिलिज भएको छ। केही समय पहिले निधन भएका सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ शुक्रबार साँझ अनलाईन प्लाटफर्ममा रिलिज भएको छ।
यो फिल्म डिज्ने प्लस हटस्टार (Disney+ Hotstar) मा रिलिज भएको छ। सुशान्तको यस फिल्म अनलाईनमा फ्री गरिएको छ। हटस्टारमा उक्त फल्म सित्तैमा हेर्न सकिनेछ।
नेपालको लोकेसनबाट Hotstar लाई एक्सेस दिएको छैन ।