
जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् ।
केही समयअगाडी मन्त्री ढकालले दैनिक १० हजारको संख्यामा कोरोना परीक्षण गर्ने बताएपनि अहिले ३ देखि ४ हजारको हाराहारीमा परीक्षण भैरहेको छ ।
नेपालमा कोरोना परिक्षण गर्ने प्रयोगशालाको संख्या बढेतापनि सो अनुसार परिक्षणको दर नबढेकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
मन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले शक्रुबार गरेको छलफलमा विज्ञरुले परीक्षणको गति नपुगेको बताएका हुन् । छलफलमा सहभागी भएका विज्ञहरुले समुदाय स्तरमा संक्रमण गएको संकेतहरु देखिएकाले पनि परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् ।
आज मात्रै स्विटजरल्याण्ड सरकारले नेपाललाई कोरोना संक्रमण परीक्षण गर्न २० हजार टेस्ट किट सहयोग गरेको छ ।