
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी शनिबारका दिन हिन्दू धर्म अनुसार नागको तस्बिरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।
यसदिन ढोकाको दुवैतिर गोबर लगाएर नागको फोटो टाँसिन्छ । जल दूध र घिउले सर्पलाई स्नान गराइन्छ । गहुँ दुवो धानको लावा दही चामलको दूध आदिले नागको पूजा गरिन्छ। कालो रङको सर्पको विशेष पूजा गरिन्छ भन्ने लेखिएको छ । नागको पूजा गर्नाले सात कुलपर्यन्त सर्पदेखि भए रहँदैन।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । काठमाडौँ पशुपतिको वासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेलमा रहेको नागदह लगायत देशका विभिन्न नाग मन्दिरमा नागपञ्चमीको पूजा गर्नेहरुको घुइँचो लाग्छ ।
यदि तपाईको कुण्डलीमा सर्पदोष भएर धेरै समस्यामा पर्नुभएको छ ? काम पढाई, स्वास्थ्य बिग्रिएको छ भने भोली को दिन एउटा कार्य गर्नुहोस ।
सपनामा सर्प देख्नु हुन्छ ? वा घरमा धेरै सर्प आउँछ ? वा सधै सर्पको कारणले समस्यामा पर्नुहुन्छ भने तपाईको कुण्डलीमा सर्पदोष हुन सक्छ । त्यस्का लागि तपाईले यो एउटा कार्य गर्नुपर्ने हुन्छ ।
भिडियोमा हेर्नुहोस ।