विराटनगरस्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी एक महिलाको ज्यान गएको छ ।
सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको शुक्रबार ज्यान गएको अस्पताल स्रोतले बताएको छ । बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० बर्षीया जंगलीदेवी सरदारमा कोरोनाको लक्षण देखिएपछि आईसोलेसनमा राखिएको थियो ।
उक्त महिलामा श्वास प्रश्वासमा समस्या भएको बताइएको छ ।
महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोत बताउँछ ।
कोरोना परीक्षणको नतिजा नआउन्जेल सम्मको लागि ती महिलाको शव अस्पतालमै राखिनेछ ।