
चर्चित डान्सर तथा कोरियोग्राफर अमला शंखरको शुक्रबार कलकत्तामा निधन भएको छ । उनको १ सय १ वर्षको उमेरमा निधन भएको हो । उनलाई बङ्गाल सरकारले २०११ मा बङ्गा बिभुषणबाट सम्मानित गरेको थियो ।
उनी चर्चित डान्सर उदय शंकरको पत्नी हुन् । उनको जन्म १९१९ मा जेसोरमा भएको थियो जुन अहिले बंगलादेशमा पर्छ । उनको र उदय शंखरको फ्रान्समा भेट भएको थियो । उनले १९४२ मा बिहे गरेकी हुन् ।
उनका दुई सन्तान छन् । आन्नद र ममता । उनीहरु दुबै फिल्मी क्षेत्रमा छन् । उनले १९४८ मा कल्पना फिल्ममा मुख्य भुमिकामा अभिनय गरेकी थिइन् ।
अहिले ट्वीटरमा उनलाई श्रद्धाञ्जली दिनेहरुको संख्या धेरै छ । धेरैले उनलाई एक असल कलाकार, डान्सर र महान व्यत्तित्वको रुपमा चिनेको बताएका छन् ।
End Of An Era ?
Legendary Dancer & Choreographer
Srimati Amala Shankar Is No More With Us ?
May Her Soul Rest In Peace ♥️?#AmalaShankar pic.twitter.com/7MtOgNLmBx— shanoli sen (@ShanoliSen) July 24, 2020
Today my Thamma left us at the age of 101. We just celebrated her birthday last month.
Feeling so restless that there is no flight from Mumbai to Kolkata. Heartbroken ?
May her soul Rest in peace. This is an end of an era. Love you Thamma. Thank you everything. #AmalaShankar pic.twitter.com/tDh2dkdRhn— Sreenanda Shankar (@Sreenanda) July 24, 2020