
पुर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ ।
साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले बताए ।
आजको संख्या सहित झापाको मेचीनगर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन । त्यस्तै पुराना ५ सहित आज पुष्टी भएका १८ सहित २३ जना मोरङको गोठगाउँ स्थीत आइशोलेशन उपचार कक्षमा उपचार गराईरहेका जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
पुर्वी नाकामा सुरक्षाको काममा खटिएका शसस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना संक्रमण भए पछि समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

नियमित काम गरिरहेका सिमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टी भए पछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन ।
मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी भएको यो नै ठुलो संख्या हो । यस अघि नगरमा क्वारेन्टाईनमा बसेकाहरुमा एकै दिन १४ जनामा कोरोना पुष्टी भएको थियो ।
र यो पनि पढ्नुहोस् :
स्रोतसाधनबिनै सीमा क्षेत्रमा खडा गरिएका क्याम्पमा प्रहरीनै असुरक्षित (फोटोफिचर)