
काठमाडौं । अभिनेता राजेश हमाल यतिबेला शोकमा छन् । उनको एक मात्र भाइको निधन भएको छ । भारतमा उपचारार्थ रहेका भाई राकेश हमालको निधन भएको हो । गएको बुधवार निधन भएका भाईलाई सम्झदै महानायक राजेशले सामाजिक सञ्जालमा निकै भावुक स्टाटस लेखेका छन् ।
उनले भाईसंग विताएका तस्बिर सार्वजनिक गर्दै स्टाटस लेखेका छन् । उनले गत बुधवार भाईलाई गुमाए । विहिवार तस्बिर र स्सटाटस लेख्दै उनले भाईलाई सम्झेका हुन् ।
राजेशका भाई कलेजोका रोगी थिए । उनको भारतमा उपचार भै रहेको थियो । नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा राकेशको निधन भएको हमाल परिवारले जानकारी दिएको छ ।
राकेशलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्याइएको थियो । दिवंगत राकेशका श्रीमती र दुई छोराछोरी छन् । अभिनेता राजेशका एकमात्र रहेका भाइ राकेशको निधन भएसँगै हमाल परिवार शोकमा परेको छ । अभिनेता राजेश तीन दिदीबहिनी छन् ।